अमेरिकामा राष्ट्रपतिका लागि मतदान सुरु
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान प्रारम्भ भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदानका लागि मतदाताहरु लाम लागेका छन् ।
कतिपय राज्यमा मतदान सुरु भएको केही घण्टा भएको छ भने पश्चिमी तटका राज्यमा मतदान केही समय अगाडिबाट सुरु भइसकेको छ । आज राष्ट्रपति पदसँगै तल्लो सदनको चार सय ३५ र माथिल्लो सदनको एक सयमध्ये ३३ सिटका लागि पनि मतदान भइरहेको छ ।
राष्ट्रपति पदका लागि डेमोक्रयाट पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला हयारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यसपटकको राष्ट्रपति पदको निर्वाचनको परिणाम सात वटा स्वीङ्ग राज्यमा केन्द्रित हुने देखिएको छ । ती राज्यहरुमा जर्जिया, नर्थक्यारोलिना, पेन्सलभेनिया, एरिजोना मिचिगत, विसकन्सिन र नाभडा छन् । यी सात राज्यमा रातिको १० बजेसम्म मतदान गर्न पाइने छन् ।
अमेरिकाको पूर्वतटीय समयअनुसार राति १० बजेसम्म निर्वाचनको परिणाम आउने भए पनि विजयी घोषणा भने इलोक्ट्रोल कलेजको भोट पश्चात मात्र हुनेछ । त्यसका लागि केही साता कुर्नुपर्ने हुन्छ ।
कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका छन् । राष्ट्रपति पदका लागि कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले जीत हासिल गर्न सक्नेछन् । ‘अर्ली भोटिङ’मार्फत आठ करोड अमेरिकीले मतदानमा भाग लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण