अमेरिकी राष्ट्रपति निर्वाचन : मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की
बुधबार, २१ कात्तिक २०८१, ०१ : २७
वासीङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान चलिरहेकै बेला धेरैजसो मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की र अफवाह फैलाइएको छ ।
मतदातालाई रोक्नका लागि विभिन्न डोमेनहरूबाट यस्ता सूचना प्रवाह भइरहेको पाइएको छ ।
फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) का अनुसार रुसी डोमेनहरूबाट आएका ती सूचनाहरू अफवाह फैलाउने उद्देश्यले पठाइएका हुन् ।
'चुनावको सुरक्षा र निष्ठा हाम्रो उच्च प्राथमिकतामा छ,' एफबीआईले भनेको, 'यस्ता धम्कीहरूबाट कुनै असर पर्दैन । हामीले त्यो सूचनाहरू विश्वासनीय भएको कुनै आधार पाएका छैनौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण