ह्वाईट हाउसदेखि सिनेट र प्रतिनिधि सभासम्मै ट्रम्पको पार्टी अगाडि
वासिङ्टन डीसी । कयौँ दशकपछि अमेरिकी चुनावमा रिपब्लिकन पार्टीको झन्डा फहरिने देखिएको छ । लामो समययता पहिलो पटक हो कि रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा बस्नुको साथै अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा पनि बहुमत प्राप्त गर्ने पार्टी बन्ने क्रममा छ । प्रतिनिधिसभामा पार्टी बहुमततर्फ अघि बढेको छ । अमेरिकामा तीनवटै ठाउँमा एउटै दलको वर्चस्व विरलै देखिन्छ ।
बुधवार मध्यान्ह १२ बजेसम्म इलेक्टोरल भोटको गणनामा डोनाल्ड ट्रम्प निकै अगाडि थिए । २४७ इलेक्टोरल भोट ट्रम्पले पाउँदा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१४ प्राप्त गरेकी छिन् । पछिल्लो प्रक्षेपणलाई हेर्दा ट्रम्पले ३०६ इलेक्टोरल भोटमा जित हात पार्ने देखिन्छ । कमला ह्यारिस २३२ इलेक्टोरल भोटका साथ निकै पछि पर्ने देखिएकी छिन् ।
जबकि १०० सदस्य रहेको सिनेटमा रिपब्लिकन पार्टीले ५१ सिट जितेर बहुमत हासिल गरेको छ । यसलाई रिपब्लिकनले अमेरिकी संसदको मुख्य सदन कब्जा गरेको भनेर भन्दा पनि भयो । यहाँ डेमोक्रेटिक पार्टीको ४२ सिट मात्रै छ । अब कुरा गरौँ तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको । यसमा रिपब्लिकन पार्टीले अहिलेसम्म १८६ सिट जितेको छ भने डेमोक्रेट १६० सिटमा पुग्न सकेको छ । यहाँ जुन पार्टीले २१८ सिट पाउँछ ? उसैको बहुमत हुन्छ । राष्ट्रपतिसँगै दुवै सदनमा रिपब्लिकन पार्टीको वर्चस्व रह्यो भने डोनाल्ड ट्रम्पका लागि आगामी कार्यकालमा सबै कुरा सहज हुनेछ ।
अमेरिकी सिनेट जसमा १०० सिनेटर हुन्छन् । प्रत्येक अमेरिकी राज्यबाट दुई सिनेटरहरू चयन गरेर यहाँ आउँछन् । कांग्रेसको तल्लो सदनलाई प्रतिनिधिसभा भनिन्छ । जसमा ४ सय ३५ सदस्य छन् । यी सदस्यको कार्यकाल दुई वर्षको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण