नेपालको विजयी सुरुवात, थाइल्याण्डलाई ६७ रनले हरायो
काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आफ्नो पहिलो खेलमा बुधबार नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको हो ।
नेपालले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनायो । लगत्तै जवाफी ब्याटिङमा आएको थाइल्याण्डले ११.४ ओभरमा अलआउट हुनु अघि ३५ रनमात्र बनाउन सक्यो ।
नेपाली बलर रचना चौधरीले ४ तथा पूजा महतो र रिचा शर्माले २/२ विकेट लिए । नेपाले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ ।
एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डका अतिरिक्त आयोजक यूएई र कुवेत पनि सहभागी छन् ।
नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ । प्रतियोगितामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । अंक तालिकाको पहिलो स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण