नेपालको विजयी सुरुवात, थाइल्याण्डलाई ६७ रनले हरायो

काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आफ्नो पहिलो खेलमा बुधबार नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको हो ।
नेपालले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनायो । लगत्तै जवाफी ब्याटिङमा आएको थाइल्याण्डले ११.४ ओभरमा अलआउट हुनु अघि ३५ रनमात्र बनाउन सक्यो ।
नेपाली बलर रचना चौधरीले ४ तथा पूजा महतो र रिचा शर्माले २/२ विकेट लिए । नेपाले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ ।
एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डका अतिरिक्त आयोजक यूएई र कुवेत पनि सहभागी छन् ।
नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ । प्रतियोगितामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । अंक तालिकाको पहिलो स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयनमा कर्णाली सरकार असफल
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू
-
बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड खोस्ने धम्की
-
घलेको महत्त्वकांक्षा र आरजुको बौद्धिक दरिद्रता
-
नीति तथा कार्यक्रममा ‘क’ देखि ‘ट’ सम्म हटाउन सांसद शर्माको संशोधन प्रस्ताव