सय अर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन
काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप उपकरणमा दोब्बर माग परेको छ । बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको बोलबकोलमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आवेदन दिएका हुन् । २५ वित्तीय संस्थाले ६६ वटा बोलपत्र मार्फत् सो बराबरको निक्षेप राख्न आवेदन दिएको राष्ट्र बैंकले जनाएको छ ।
बुधबार संकलित निक्षेपका लागि २.९५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंकले निक्षेप उपकरण खरिद गर्न पाएका छन् । न्यूनतम २.७२२५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका थिए । औसतमा भने २.८६७१ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि एक सय अर्बको बोलकबोल गर्दा जम्मा ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन परेको थियो । त्योबेला बैंकहरु स्थायी निक्षेप सुविधा लिनतिर लाग्दा आह्वान गरिएकोभन्दा कम आवेदन परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण