स्थानीय तह उपनिर्वाचन : दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो
सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्गिएको कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
‘आज हामीले दुई जनाको नाममा निर्णय गरेर केन्द्रमा पठाएका छौँ,’उनले भने, ‘दुबै जना युवा र सम्भावना बोकेका नेताहरू हुनुहुन्छ ।’
यी दुई ठाउँमा यसअघि ०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसबाट निर्वाचित महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ०७९ माघ २७ गते हृदयघातका कारण निधन भएको थियो ।
उनले त्यो बेला एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले २९ सय ९ मत प्राप्त गरेका थिए भने एमालेका उपाध्यायले २५ सय १९ मत प्राप्त गरेका थिए । यस्तै समाजवादीको उम्मेदवारले १३ सय मत प्राप्त गरेका थिए ।
कांग्रेस जिल्ला सभापति रेग्मीले महावुका कांग्रेसको जनमत राम्रो रहेकोले कांग्रेसले सहजै जित्ने दाबी गरे । उम्मेदवार बनाइएका भण्डारी युवा नेता हुन् । उनी यसअघि पार्टीको जिल्ला समिति सदस्य, नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालयका सभापति समेत भइसकेका व्यक्ति हुन् ।
यस्तै दुल्लू–१३, को उम्मेदवार बनाइएका रेशम बहादुर शाही यहाँभन्दा पहिला वडा कमिटी सचिव र अहिले नगरकार्य समितिको कोषाध्यक्ष रहेका छन् । उनी जनतामा लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण