समाजवाद सामूहिक निर्णयले अगाडि बढ्छ : अध्यक्ष बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद सामूहिक निर्णयले अघि बढ्ने बताएका छन् । उनले व्यक्तिगत निर्णयका आधारमा नभई सामूहिक निर्णयले गर्ने काममा जोड दिन आग्रह गर्दै भ्रष्टाचार र अनियमिततालाई राजनीतिक क्षेत्रले संरक्षण गर्न नहुनेमा जोड दिए ।
आफैँले लेखेको ‘अक्टोबर क्रान्ति र यसको महत्व’ (नेपालको परिवेशमा) दोस्रो संस्करण पुस्तक आज यहाँ सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था हुनुपर्नेमा जोड दिँदै कामदार वर्गको हित समाजवादी व्यवस्थामा मात्रै हुने बताए । ‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकले विश्वमा समाजवादी आन्दोलन अगाडि बढाउन देखाएको मार्गनिर्देशनबारे उनले स्पष्ट पारे ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईँ, सिर्जना सैँजु, स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, इञ्जिनियर समाजका सदस्य राजेन्द्र हाडा, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङलगायतले उक्त पुस्तकका विषयमा चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण