बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।
समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया, २०८१ आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिले सो प्रक्रियाको अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न अनुरोध गरेको हो ।
आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया २०८१ र सोको अनुसूची बमोजिमको आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण