त्रिविमा पाँच वर्षमा २३ लाख ३३ हजार विद्यार्थी भर्ना, ३ लाख ७२ हजार पास
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो पाँच वर्षमा २३ लाख ३३ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । शैक्षिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा स्नातक तहदेखि पीएचडीसम्मका लागि २८ लाख ३३ हजार २६५ विद्यार्थी भर्ना भएका हुन् ।
सोही अवधिमा तीन लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित भएका छन् । अर्थात् भर्ना भएको विद्यार्थीको तुलनामा १३.१३ प्रतिशत मात्रै दीक्षित भएका हुन् । हरेक वर्ष ५ लाखको हाराहारीमा विद्यार्थी भर्ना हुँदै आएका छन् । तर, पास भने ६० देखि ७० हजारको हाराहारीमा मात्रै छन् ।
शैक्षिक वर्ष २०७५/७७६ मा ४ लाख १५ हजार ४८२ भर्ना हुँदा ७० हजार ५६१ विद्यार्थी दीक्षित भएका थिए । यस्तै, २०७६/७७ मा ४ लाख १५ हजार ७७७ भर्ना र ५७ हजार १८३ दीक्षित भएका थिए । २०७७/७८ मा ४ लाख २२ हजार ६५३ भर्ना र ३० हजार १९९ दीक्षित भएका थिए ।
त्यस्तै २०७८/७९ मा ४ लाख ५४ हजार ६५ भर्ना र ६३ हजार २२३ दीक्षित, २०७९/८० मा ५ लाख ३७ हजार ५६९ भर्ना र ७७ हजार १०३ दीक्षित र २०८०/८१ मा ५ लाख ८७ हजार ७१९ भर्ना र ७३ हजार ७४९ दीक्षित भएको त्रिविको तथ्याङ्क छ ।
विद्यार्थी भर्ना हुने दर पास हुने दरमा निकै भिन्नता देखिएको हो । त्रिविले यसलाई न्यूनीकरण गर्दै पासदर समेत बढाउने योजनाहरू अघि सारेको छ । त्रिवि उपकुलपति प्राडा केशरजंग बरालले पढाइको गुणस्तर सुधार तथा परीक्षाको व्यवस्थापनका लागि काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण