हजारौँ कर्मचारीलाई कामबाट निकाल्दै निशान
शुक्रबार, २३ कात्तिक २०८१, ११ : ०८
टोकियो । जापानी अटो निर्माता कम्पनी निशानले हजारौँ कर्मचारीलाई कामबाट निकाल्ने भएको छ ।
चीन र अमेरिका जस्ता मुख्य बजारमा विक्री घट्न थालेपछि कम्पनीले विश्वभर आफ्नो उत्पादन कटौती गरेको छ । यसैबिच खर्च बढाउने उपाय अन्तर्गत कर्मचारीलाई कामबाट निकाल्न थालिएको समाचारमा जनाइएको छ ।
कम्पनीका अनुसार विश्वभरका कारखानाबाट ९ हजार कर्मचारीलाई निकालिनेछ । कम्पनीले विश्व बजारमा आफ्नो उत्पादन २० प्रतिशतले घटाउँदै छ ।
रोजगारी कटौतीबाट कहाँ कहाँका प्रभाव पर्छ भनेर बीबीसीले कम्पनीसँग मागेको विस्तृत विवरणको निशानले जवाफ दिएको छैन ।
कम्पनीले सञ्चालन मुनाफा प्रक्षेपण पनि सन् २०२४ का लागि ७० प्रतिशतले घटाएको छ । कम्पनीले मुनाफा परिदृश्यमा कटौती गरेको यो दोस्रो वर्ष हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण