सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
निरौलाबिरूद्द २ वटा उजुरी समेत परेको थियो । सुनुवाइका क्रममा सांसदहरूले ती उजुरी सहित न्यायालय सुधार, सुशासन, मुद्दा फैसलामा ढिलाइ लगायत बारे प्रश्न गरेका थिए ।
सुनुवाइ समिति बैठकमा अनुमोदन अगाडि निरौला र पाण्डेले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजा तथा न्यायालय सुधारका विषयहरूमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए ।
माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विगतदेखि नै संसदीय सुनुवाइ क्रममा राम्रा कार्ययोजना आउने तर कार्यान्वयन नहुने समस्या रहेको औँल्याए । सूचना प्रविधिको प्रयोग, मुद्दाको चापलाई घटाउने जस्ता कुरा विगतमा पनि प्रस्तावित न्यायाधीशहरूले गर्ने गरेको तर अदालत पुगेपछि कार्यान्वयन नहुने अवस्था देखिएको बताए । मेलमिलापबाट पनि मुद्दाको चाप घटाउने कुरा आउने तर कति मुद्दा मेलमिलाप जान्छ सो तथ्य भने नआउने गरेको बताए ।
नेपालको न्यायिक प्रणाली कागजी प्रमाणमा आधारित रहेको र यसले तथ्य फरक पर्ने र न्यायमा असर पर्ने गरेको शर्माले उल्लेख गरे । कागज मिलाउन जान्ने अन्यायीकै पक्षमा पनि फैसला आउने अवस्था रहेकोले त्यसलाई सुधार गरेर जान आवश्यक रहेको उनले बताए ।
सांसद सुनिता बरालले पनि संसदीय सुनुवाइका क्रममा प्रस्तुत कार्ययोजना र प्रतिबद्धता अनुसार काम नहुने अवस्था रहेको बताइन् । सांसद जीवन परियारले पञ्चायतकालमा समेत अदालतबाट न्याय पाइन्छ भन्ने विश्वास रहेकोमा तर अहिले अदालतप्रति विश्वास हराउँदै गएको उल्लेख गरे ।
सांसद प्रकाश अधिकारीले देशमा सुशासन कायम गर्नुपर्नेमा न्यायालयबाटै त्यसको पालना हुँदैन भने देशमा कसरी सुशासन स्थापना हुन्छ भन्दै प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु