चार दलले टुंग्याए गौरीशंकरको उपाध्यक्ष उम्मेदवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएको छ । आउँदो मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यो पालिकाको उपाध्यक्ष पदमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यसअघि नै उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । एकीकृत समाजवादीसँगै चार दलले उम्मेदवारको टुंगो लगाएका हुन् ।
कांग्रेसले पासदिकी शेर्पा, एमालेले उमा मगर शेर्पा र माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाउने टुंगो गरेका हुन् । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि गौरिशंकरको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । तामाङ कांग्रेसबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण