राप्रपा नेपालको तराई मधेस सम्मेलन कार्तिक २६ र २७ वीरगन्जमा हुने
काठमाडौँ । राप्रपा नेपालको तराई मधेस सम्मेलन आगामी कार्तिक २६ र २७ गते पर्साको वीरगन्जमा आयोजना हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने र कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिए ।
सम्मेलनमा तराई मधेसको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको छ । पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झाले मधेसको विकास र समृद्धिमा देखिएको सम्भावना र चुनौतीका बारेमा कार्यपत्र पेस गर्नेछन् ।
तराई मधेस क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरूको सम्मेलनमा सहभागिता रहने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । एजेन्डाको दृष्टिकोणबाट तराई मधेस क्षेत्रलाई राप्रपा नेपालले आफ्नो उर्वर भूमि मानेर विशेष महत्त्व दिँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण