पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, चार जनाको मृत्यु, ३० जनाभन्दा धेरै घाइते
शनिबार, २४ कात्तिक २०८१, ११ : १३
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
घटनाको बारेमा बीबीसीलाई जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसिम बेगले भने, ‘कम्तीमा चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ।’
यता, क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।’
घाइतेहरूलाई सिभिल अस्पताल र क्वेटाको ट्रमा सेन्टरमा रिफर गरिएको छ। रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण