१० बजे, १० समाचार
आज मिति २०८१ साल कात्तिक महिनाको २४ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
- एमाले सचिवालय बैठक
नेकपा एमालेको सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ । शनिबार काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
- रास्वपा बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
- क्रिकेट
आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १३ रनले पराजित भएको छ । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।
एसीसी यू–१९ एसिया कप २०२४ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
- उपनिर्वाचन
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै दलहरू चुनावको तयारीमा जुटिसकेका छन् ।
- बागमती प्रदेश सरकार
बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । एमाले–कांग्रेस गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन भएको कात्तिक १६ मै १०० दिन पूरा भएको हो ।
- अमेरिकी राष्ट्रपति निर्वाचन
डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति बन्न लागेका छन् । ट्रम्पको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा फर्कनु उनका प्रमुख समर्थक इलोन मस्कका लागि पनि विशेष बन्न सक्छ।
- हवाई भाडा
हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो ।
- कार्तिक नाचको नालीबेली
ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडिको डबलीमा शुक्रबार यही कथा–भावको लोकनाटक र नृत्य देखाइयो, जसलाई कार्तिक नाच (नेवारीमा काती/कात्ती प्याँख) भनिन्छ । यो नाच पाटनस्थित डबलीमा हरेक वर्ष कार्तिक महिनामा देखाइन्छ । तीन सय ८४ वर्षसम्म निरन्तर चलिरहेको रहेको कार्तिक नाचमा विभिन्न कथामा आधारित नाचहरू छन् । जसले मानिसलाई धर्मकर्म गर्न, बाठो हुन, लोभलालच त्याग्न, छोरीचेली र पत्नीको ख्याल राख्न सिकाउँछन् ।
- प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको टिप्पणी गरेका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई आफूले नियुक्त गरेको उल्लेख गरेका हुन् ।
- ओटाकु जात्रा
नेपाली युवामाझ जापानी एनमे र दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज बढ्दो छ । पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ओटाकु जात्रा आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद थपको समय घटाउने विभागको निर्णयमा उच्च अदालतको ‘ब्रेक’
-
दार्जिलिङमा चलचित्र ‘बम बहादुर’ को प्रिमियर
-
दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको स्वीकार
-
देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी
-
बीमा प्राधिकरणका अध्यक्षबाट नागरिकता र राहदानीमा जालझेल !
-
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर