एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको सचिवालय बैठकले सरकारको ४ महिने कार्यकालको समीक्षा गरेको हो ।
बैठकमा नेपाली कांग्रेससँगको गठबन्धनबिचको समझदारीलाई अझ प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने, ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ । सरकारले आधारभूत रूपमा ठिक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष छ । दुई राजनीतिक दलबिच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’
यस्तै भारत र चीन दुवै छिमेकी देशसँग राष्ट्र हितलाई ध्यानमा राख्दै सम्बन्ध अगाडि बढाउनुपर्छ भन्ने बैठकको निचोड रहेको उनले सुनाए । प्रधानमन्त्री ओलीको डिसेम्बर पहिलो हप्ता हुने चीनको भ्रमणको बारेमा पनि छलफल भएको र सो भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा प्रयोग गर्नका लागि सरकारलाई शुभेच्छा व्यक्त गरेको ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी
-
‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी