एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा
काठमाडौँ । एसीसी यू–१९ एसिया कप २०२४ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा अर्जुन कुमाल उपकप्तान रहेका छन् । त्यस्तै, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, मायन यादव, नरेन साउद, उनिष विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव र युवराज खत्री छन् ।
त्यस्तै, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिल्साद अली र रञ्जित कुमार टोलीमा समावेश गरिएका छन् । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धीरेन्द्र चन्द सहायक प्रशिक्षक छन् ।
प्रतियोगिता २९ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यूएईमा आयोजना हुँदैछ । प्रतियोगितामा ८ वटा टोली सहभागी छन् ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बंगलादेशसहित अफगानिस्तान, भारत, पाकिस्तान र श्रीलंका छन् । त्यस्तै, नेपालसँगै जापान र यूएईले प्रतियोगिता खेल्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण