दक्षिण सुडानमा बाढीका कारण १४ लाख मानिस प्रभावित, तीन लाख विस्थापित
नैरोबी । दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् ।
दक्षिण सुडानमा आएको पछिल्लो प्राकृतिक प्रकोप (बाढी) का कारण १४ लाख व्यक्ति प्रभावित भएका र तीन लाख ७९ हजारभन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विश्वको सबैभन्दा ‘कान्छो देश’ को मुख्यतः उत्तरी क्षेत्र दशकौँ यताकै सबैभन्दा खराब बाढीको चपेटामा परेको सहायता एजेन्सीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार दक्षिण सुडान र सुडान दुवैले दाबी गर्दै आएको ४३ वटा काउन्टी र विवादित अबेई क्षेत्रमा आएको बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् ।
'२२ वटा काउन्टी र अबेईमा तीन लाख ७९ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्,' राष्ट्रसङ्घले विज्ञप्तिमा भनेको छ ।
'बाढीका कारण ‘स्वास्थ्य प्रणालीलाई भारी असर पारेको छ र बाढी प्रभावित क्षेत्रहरूमा स्थिति र प्रभावलाई अझ बढावा दिएको र औलोको प्रकोप बढेको रिपोर्ट गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण