स्थानीय तह उपनिर्वाचन : जसपा नेपालको प्राथमिकतामा मधेस‚ लुम्बिनी र कोशी प्रदेश
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश, लुम्बिनी प्रदेश र कोसी प्रदेशमा हुने उपनिर्वाचनमा मुख्य प्राथमिकता दिएको छ । यसका लागि उपनिर्वाचन केन्द्रित गतिविधि अघि बढाइएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार यहीँ मङ्सिर १६ गते ४४ स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन हुँदै छ । यसका लागि मङ्सिर २ गतेका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । जसपा नेपाल प्रचार विभाग प्रमुख बस्नेतले पार्टीका जिल्ला स्तरीय विस्तारित बैठकहरू बसेर उम्मेदवार चयनको कार्य भइरहेको पनि जानकारी दिए ।
‘मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा पार्टीले लगभग सबैजसो पदमा उम्मेदवारी दिने र मुख्यरुपमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कोसी प्रदेशमा पार्टी केन्द्रित हुनेछ‚’ उनले भने ।
साथै पार्टीले सङ्गठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको तयारी सँगसँगै गरिरहेको पनि उनले बताए । पार्टीका शीर्ष नेताहरू सङ्गठन निर्माणको चार महिने अभियानलाई सफल बनाउने र आगामी उपनिर्वाचनमा उपयुक्त उम्मेदवार चयन गर्ने कार्यमा खटिएको बस्नेतको भनाई छ ।
‘पार्टीका नेता कार्यकर्ताहरू भदौ महिनादेखि नै सङ्गठन निर्माण अभियानमा निरन्तर सक्रिय भएर लागेको कारण उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सजिलो हुन्छ‚’ उनले भने । जसपा नेपालको चार महिने अभियान मङ्सिर मसान्तसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण