जापानमा मानव तस्करी प्रकरण
प्रहरी नियन्त्रणमा रहेका लिलाबल्लबलाई प्रहरीले निवासबाट लग्यो
आइतबार, २५ कात्तिक २०८१, १३ : ३१

मोरङ । निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई निवासबाट निकालिएको छ । काठमाडौँ पठाउनका लागि उनलाई प्रहरीले केहीबेरअघि निवासबाट निकालेर गन्तव्यतर्फ लगेको हो।
जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।