मानव तस्करी प्रकरणमा यसरी पक्राउ परे कोशीका निवर्तमान मन्त्री, तस्बिरहरु

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशसभा सदस्य एवम् निवर्तमान आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको छ । आइतबार मध्याह्न उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि काठमाडौँ पठाएको हो ।
प्रहरी नियन्त्रणमा आएसँगै निवासबाट बाहिरिने क्रममा उनले आफूले अनुसन्धानलाई सहयोग गर्ने प्रतिक्रिया दिए । उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु¥याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनुपर्छ । म कानुन मान्ने मान्छे हो । कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो ।’ उनले अनुसन्धानबाट सत्यतत्य सबै बाहिर आउने समेत विश्वास व्यक्त गरे ।
जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनी अनुसन्धानको दायरामा आएका हुन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए । त्यतिबेला असम्बन्धित मान्छेलाई समेत उनले लगेको पाइएको थियो भने सबैलाईजापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।यो प्रकरणपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीले जिम्मेवारीबाट पनि हटाएको छ । मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित ७ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल