त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउने प्रक्रिया अघि बढ्यो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि प्राडा योगेन्द्रप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय एक स्थलगत अध्ययन टोली गठन गरेको छ । उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया अगाडि बढ्ने त्रिविले जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को गत साउन २३ गते बसेको बैठकले ६२ वटै आङ्गिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोही आधारमा त्रिवि शिक्षाध्यक्षको कार्यालयले कार्यदल गठन गरेको हो ।
डोटी बहुमुखी क्याम्पस डोटी, डडेलधुरा क्याम्पस डडेलधुरा, सुर्खेत क्याम्पस सुर्खेत, तेह्रथुम क्याम्पस तेह्रथुम, भोजपुर क्याम्पस भोजपुर, विश्वभाषा क्याम्पस काठमाडौँ र जुम्ला क्याम्पस जुम्लालाई पत्राचार गर्दै जानकारी गराएको हो ।
हाल दुई हजार २०० को हाराहारीमा आंशिक शिक्षकहरू अध्यापन गराउँदै आएका छन् । उनीहरूले करार शिक्षकले झैँ मासिक तलब पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । त्यसपछि आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समिति र वार्ता तथा राय सुझाव समितिबिच साउन १५ गते समझदारी भएको थियो ।
सोही आधारमा त्रिवि कार्यकारी परिषद्ले शिक्षक सहायक पदसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्रिविले प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा वार्ता तथा राय सुझाव समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा उनीसँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार प्रक्रिया अगाडि नबढेको बताउँदै आंशिक प्राध्यापकहरूले कात्तिक ३० गते हुने उपप्राध्यापक पदको परीक्षा रोक्ने चेतावनी दिएका थिए । उनीहरूको चेतावनीपछि त्रिविले कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण