बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘कन्दरा’को कन्सर्टमा झुमे काठमाडौँवासी

आइतबार, २५ कात्तिक २०८१, १६ : ३२
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । लोकप्रिय कन्दरा ब्यान्डले काठमाडौँमा कन्सर्ट गर्दै साङ्गीतिक विरासतको ३२ औँ वर्षगाँठ मनाएको छ । शनिवार क्लब एलओडीमा आयोजित ‘काठमाडौँ कलिङ कन्दरा’ नाम दिइएको कन्सर्टमा हजारौँ दर्शकले उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

कन्सर्टको आरम्भ गायक देवेन्द्र बब्लु र फिरन्तेको साङ्गीतिक प्रस्तुतिबाट भएको थियो, जसले परम्परागत र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गरे ।

तगारोमा रुमाल राखी बाटो छेकिन उनले.. गीतबाट कन्सट सुरु गरेको कन्दराले त्यस पछिका तिमी परी, लेककी हे माया, बिदेसिएर गइन् उनी, हङकङ पोखरा जस्ता चर्चित गीतहरू गाए । तिमी पारि र हङकङ पोखराजस्ता गीतमा त दर्शकले वान्स मोर भनेका कारण विवेकले दोहोर्‍याएरै गाए । 

कन्दराले एलओडीको प्रस्तुतिमा आफ्ना कयौँ पुराना क्लासिक गीतहरूलाई रिक्रिएट गरी नयाँ स्वाद र शैलीमा प्रस्तुत गर्दा नयाँ पुस्ताका स्रोताले समेत रुचाएको देखिन्थ्यो ।

कन्दरा गायक विवेक श्रेष्ठ, गितारवादक देव लामा, बेसिस्ट पंकज झा, ड्र्मर सुनिल थापा, मादल वादक अविनाश गायक र किबोर्ड वादक नील घतानीको सशक्त लाइन अपका मञ्चमा प्रस्तुत भएका थिए । कन्सर्टमा कन्दराले लोकरक शैलीको नयाँ गीत विचरा म समेत गाएको थियो ।

आफ्ना गीत सँगसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेरलगायत पुराना पुस्ताका गीतसमेत गाएर आधुनिक तथा लोक स्रष्टामा सम्मानसमेत प्रस्तुत गर्‍यो । ‘हाम्रा अविश्वसनीय फ्यानहरूको ऊर्जाले घेरिएको काठमाडौँमा पहिलो पटक प्रस्तुति दिनु सपना साकार हुनुजस्तै हो । यो प्रस्तुति, यो रात हामीलाई माया र समर्थन गर्ने तपाईँहरू सबैमा समर्पित छ’ गायक विवेक श्रेष्ठले कार्यक्रममा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप