नेपालले थाइल्यान्डलाई दियो १४० रनको लक्ष्य
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबारको खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो । नेपालका लागि साना प्रविनले अर्धशतकीय योगदान गरिन् । उनले ५३ रन बनाइन् । उनले ४६ बलको सामना गरी सात चौका पनि हिर्कायन् ।
सावित्री धामीले पनि टोलीको खातामा २८ रन थपिन् । उनले ३६ बलको सामना गरी एक चौका हिर्काएकी थिइन् । साना र सावित्रीले ओपनिङ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । सोनी पाख्रिनले पनि १९ रन बनाइन् । तृषना विश्वकर्माले नौ र ज्योत्सनिका मरासिनीले सात रन बनाए ।
जारी प्रतियोगितामा नेपाल र थाइल्यान्ड भिड्को यो दोस्रो पटक हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । हालसम्म चार खेल खेलेको नेपालले दुई जित र एक हारको नतिजा निकालेको छ ।
नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने नेपाली टोली यूएईसँग १३ रनले पराजित भएको थियो ।
तीनवटै खेलमा विजयी भएको आयोजक यूएई ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । समान खेल खेलेको थाइल्यान्ड दुई अंकसहित तेस्रो र तीनवटै खेलमा पराजित भएको कुवेत चौथो स्थानमा छन् ।
प्रतियोगितामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली आगामी यू–१९ विश्वकपमा छनोट हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । नेपालले आफ्नो पाँचौँ खेल मंगलबार कुवेतसँग र छैटौँ खेल बुधबार यूएईसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण