नेपालमा बर्सेनि थपिन्छन् २६ हजार क्यान्सरका बिरामी
काठमाडौँ । नेपालमा बर्सेनि २६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा. कृष्णसागर शर्माका अनुसार नेपालमा प्रत्येक वर्ष २६ हजारको हराहरीमा क्यान्सरका नयाँ बिरामी थपिएका हुन् ।
बर्सेनि थपिने बिरामी सबै उमेर समूहको हुने गरेको उनले रातोपातीसँग कुराकानीका क्रममा बताए । ‘नेपालमा प्रत्येक वर्ष २६ हजारको हराहरीमा क्यान्सरका बिरामी थपिन्छन् ,’ उनले भने, ‘ यो सङ्ख्या सबै उमेर समूहका हुन्छन् ।’
उनका अनुसार २६ हजार क्यान्सरका नयाँ बिरामीमध्ये १२ देखि १४ हजार क्यान्सरका बिरामी उपचारको पहुँचमा पुग्ने गरेका छन् । करिब आधा बिरामी आर्थिक अभाव, सचेतनाको कमी लगायत कारणले उपचारको पहुँच हुन नसकेको उनले बताए ।
उनका अनुसार क्यान्सरको २ देखि ४ महिना उपचार गराउँदा निको भएजस्तो भएपछि बिचमा नै उपचार गराउन छोड्ने गरेको पाइएको छ । तर पछि बल्झेपछि आउने जस्ता क्यान्सर उपचारमा समस्या रहेको उनको भनाई छ । नेपालमा सबैभन्दा बढी नसर्ने रोगमा मुटुको रोग पर्ने अबको केही वर्षपछि क्यान्सर रोग बढी हुन सक्ने उनको आङ्कलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण