सिन्धुलीमा एक जनामाथि गोली प्रहार
सिन्धुली । सिन्धुलीको हरिहरपुरमा एक जनामाथि गोली प्रहार भएको छ । मकवानपुरबाट सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
तराई मूलका ३ जना अपरिचित व्यक्तिले बागमती गाउँपालिका–१ का प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा बोम्जनमाथि गोली प्रहार भएको हो ।
उनका अनुसार ३ जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार उनलाई रोकी छोटो हतियार (कट्टा) प्रहार गरेका थिए । गोली प्रहार गरेसँगै तीनै जना फरार रहेको प्रहरी उपरीक्षक खड्काले बताए । बोम्जनसँगै सवार रहेका उनका भाइ दिल बहादुर बोम्जन भने सकुशल रहेका छन् ।
गोली प्रहारबाट मोटरसाइकल चलाइरहेका बोम्जनले प्रयोग गरेको हेलमेटको दायाँ तर्फबाट गाला छेडिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । गोली बोम्जनको दाँतमा अड्किएको उनको भनाई छ । गोली प्रहारबाट घाइते भएका बोम्जनको सर्लाहीस्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए । बोम्जनको अवस्था सामान्य रहेको उनको भनाई छ । गोली प्रहार गरी फरार रहेका समूहको खोजीकार्य भइरहेको उनले बताए ।
बोम्जन बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण