टी-२० सिरिजको दोश्रो खेलमा भारत दक्षिण अफ्रिकासँग पराजित
नयाँ दिल्ली । चार खेलको टी–२० सिरिजअन्तर्गत दक्षिण अफ्रिकाले भारतविरुद्ध सहज जित दर्ता गरेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको भारतले ६ विकेटमा १२४ रन मात्र बनाउन सक्यो । जवाफमा दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर ६ बल बाँकी छँदै भारतविरुद्धको लक्ष्य पूरा गरेको थियो ।
भारतका लागि वरुण चक्रवर्तीले ५ विकेट लिए। खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले राम्रो सुरुवात गर्दै सुरुका तीन ब्याट्सम्यानलाई आउट गरेको थियो । यसअघिको खेलमा शतक प्रहार गरेका भारतीय ब्याट्सम्यान सञ्जु सामसन यस खेलमा शून्य रनमा आउट भए ।
अभिषेक शर्मा चार रन बनाएर प्याभिलियन फर्किए भने भारतीय कप्तान सूर्यकुमार यादव पनि चार रनमै प्याभिलियन फर्किए । अक्षर पटेलले २१ बलमा २७ रन र तिलक वर्माले २० बलमा २० रन बनाए । हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाए ।
क्यानडाका लागि ट्रिस्टान स्टब्सले ४१ बलमा ४७ रन जोडे भने बरुण चक्रवर्तीले १७ बलमा ५ रन जोडे । रिजा हेन्ड्रिक्सले २४, रवि बिष्नोले १, जेराल्ड कोजले १९ र अर्स्दिप सिंहले १ रन थपे ।
सिरिजको पहिलो खेलमा भने दक्षिण अफ्रिकाविरुद्ध भारतले ६१ रनको जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण