‘अमेरिकालाई लिएर विश्वका धेरै देश आतङ्कित छन्, भारत छैन’
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावी नतिजाबाट भारत ‘नर्भस’ नभएको बताएका छन् । आइतबार साँझ मुम्बईमा आदित्य बिर्ला समूहको छात्रवृत्ति कार्यक्रमको रजत जयन्ती समारोह कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले सो कुरा बताएका हुन् ।
सम्बोधनपछि उनले केही प्रश्नको जवाफ पनि दिए । जसमा उनलाई अमेरिकी चुनावी नतिजाबारे पनि प्रश्न गरिएको थियो । जयशंकरलाई सोधिएको थियो, ‘अमेरिकी चुनावको नतिजालाई भारत–अमेरिका सम्बन्धको परिप्रेक्ष्यमा कसरी हेर्नुहुन्छ ? विशेष गरी प्रधानमन्त्री मोदीले ट्रम्पलाई दिएको बधाई र दुईबिचको सम्बन्धलाई लिएर ?’
यसबारे जयशंकरले भने, ‘प्रधानमन्त्री पहिलो तीन व्यक्तिमध्ये एक थिए जसको फोन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले उठाएका थिए । प्रधानमन्त्रीको आफ्नो कार्यकालमा सबै राष्ट्रपतिहरूसँग राम्रो सम्बन्ध रहेको छ। चाहे त्यो ओबामा होस् वा ट्रम्प वा बाइडेन।’
उनले भने, ‘यस अवस्थाले धेरै सहयोग गरेको छ । भारतमा भइरहेको परिवर्तनले पनि सहयोग गरेको छ । मलाई थाहा छ संसारका धेरै देशहरू अमेरिकालाई लिएर आतङ्कित अवस्थामा छन्, तर मलाई यो स्पष्ट गर्न दिनुहोस् कि भारत ती मध्ये एक होइन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण