बाख्रा चोरी गरेको आरोपमा कुटपिट, एक जनाको मृत्यु
सोमबार, २६ कात्तिक २०८१, १२ : ४३
कैलाली । गौरीगंगा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल, १८ वर्षीय किशोर, २३ वर्षीय बिशाल विक र ३० वर्षीय धर्म विक रहेका छन् । बाख्रा चोरी गरेको विषयमा उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेशको निसर्ग अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण