एमाले जनप्रतिनिधिले गुप्तांगमा हिर्काएका नगर प्रहरीको शल्यक्रिया
पोखरा । करार कर्मचारी हटाउने विषयमा असहमति जनाउँदै आएको नेकपा एमालेको आन्दोलनका क्रममा गुप्तांगमा लागेर घाइते भएका नगर प्रहरीको शल्यक्रिया गरिएको छ । एक साताअघि महानगरपालिकाको कार्यालय प्रांगणमा प्रदर्शन गरेर कार्यालय प्रवेश गरेका एमालेका जनप्रतिनिधिले सन्त केसीको गुप्तांगमा प्रहार गरेको आरोप छ ।
घटना लगत्तै उनी ढोका अगाडि नै ढलेका थिए । तत्कालै प्रहरीको भ्यानमा चढाएर अस्पताल लगिएकोमा गण्डकी मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । केसीले आफूमाथि आक्रमण भएको र आक्रमणमा संलग्नहरुको नाम बताइरहँदा महानगरले भने खोजी भइरहेको जनाएको छ ।
स्रोतका अनुसार केसीको तर्फबाट जनप्रतिनिधिविरुद्ध बैदाम प्रहरीमा जाहेरी दिन लागिएको छ । ‘घोप्टो परेर ढल्न लागेको बेलामा पनि कुट्न आउनुभयो,’ केसीले भने, ‘मलाई कुट्दा ४ जना नजिक थिए । उनीहरुमध्येकै जनप्रतिनिधिले कुटेका हुन् ।’ जनप्रतिनिधिबाटै असुरक्षित भएपछि महानगरमा फर्किएर काम गर्न समस्या हुने उनको भनाई छ ।
‘सेवामा खटिएको मान्छेलाई जनप्रतिनिधिले यसरी कुट्न थाल्ने हो भने कसरी काम गर्न सकिन्छ ?,’ उनले भने । महानगरका प्रवक्ता मोती तिमिल्सिनाले उनको अवस्था सामान्य नरहेको बताए । ‘स्वास्थ्य गम्भीर नै छ । पेट फुलेको छ । संवेदनशील अंग पनि सुनिएको अवस्था छ,’ उनले भने, ‘बोल्न पनि सकिरहनुभएको छैन ।’ घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही हुने उनले बताए ।
‘महानगरले घटनाको अनुसन्धान गर्छ । दोषीमाथि कारबाही हुन्छ,’ तिमिल्सिनाले भने । मेयर धनराज आचार्यले पनि अस्पतालमा भेटेर जनप्रतिनिधिले गरेको दुर्व्यवहार असह्य रहेको बताए । ‘अति संवेदनशील अंगमा गम्भीर चोट लागेर मरणासन्न अवस्थामा पुर्याइएको छ,’ उनले भने, ‘आज अपरेसन भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण