स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा लगेर १ करोड ८२ लाख हिनामिना गरेको अनुसन्धान निष्कर्ष
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे अनुसन्धान गरिरहेको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘दुईजनाको नाममा प्रवाह भएको ऋण बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको भेटिएको छ ।’ उनीहरुले ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्ने नाममा सो ऋण लिएका हुन् ।
राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोरखा मिडियामा गएको १ करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लेखापरिक्षण प्रतिवेदनबाट पनि सो कुरा पुष्टि भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
पूर्व डीआईजी छविलाल जोशीको घरबाट बरामद गरिएको स्वर्णलक्ष्मीको सफ्टवेयरको डीएफएल रिपोर्ट पनि काठमाडौँ प्रहरीले मगाएको छ । जिल्ला प्रहरी कार्यालय पोखराबाट सो रिपोर्ट मगाएर त्यसबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए ।
जीबी राईसहित २२ जनालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । सो सहकारीको रकम अपचलनमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन ऋण उपसमिति सदस्य कमल लामा र लेखा समितिकी सदस्य सुनिता नेवा छन् । पक्राउ अनुमति आएका २२ जना फरार छन् ।
स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण