जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीबारे पनि प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् ।
पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।
उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिश जारी भएको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गर्न सीआईबीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको छ । सो पत्राचारसँगै प्रहरी वृत्त कालीमाटीले त्यसबारे अनुसन्धान थालेको हो ।
स्वर्णलक्ष्मी सहकारीमा भएको घोटालाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने,‘सहकारी विभागसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको विवरण मागेका छौँ ।’
स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष आबद्ध कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । पीडितहरूले जीबी राई, कुमार रम्तेल र व्यवस्थापक नविन अछामीविरुद्ध जाहेरी दिएका छन् ।
नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका नविन अहिले थुनामुक्त भएका छन् । स्वर्णलक्ष्मी सहकारीका पीडितहरूले नन्दु तण्डुकारको संयोजकत्वमा संघर्षसमिति बनाएर आन्दोलन गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण