बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी प्रकरण

जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीबारे पनि प्रहरीले थाल्यो अनुसन्धान

७ जनाले दिए जाहेरी
बिहीबार, ०६ वैशाख २०८१, १७ : ५१
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् । 

पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिश जारी भएको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गर्न सीआईबीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको छ । सो पत्राचारसँगै प्रहरी वृत्त कालीमाटीले त्यसबारे अनुसन्धान थालेको हो । 

स्वर्णलक्ष्मी सहकारीमा भएको घोटालाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने,‘सहकारी विभागसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको विवरण मागेका छौँ ।’

स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष आबद्ध कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । पीडितहरूले जीबी राई, कुमार रम्तेल र व्यवस्थापक नविन अछामीविरुद्ध जाहेरी दिएका छन् ।  

नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका नविन अहिले थुनामुक्त भएका छन् । स्वर्णलक्ष्मी सहकारीका पीडितहरूले नन्दु तण्डुकारको संयोजकत्वमा संघर्षसमिति बनाएर आन्दोलन गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप