‘कन्दरा’ र स्वप्न सुमन लन्डनमा गुन्जिने
काठमाडौँ । नेपालको स्थापित म्युजिक ब्यान्ड ‘कन्दरा’ र गायक स्वप्न सुमनले लन्डनमा एकसाथ कार्यक्रम गर्ने भएका छन् । म्युजिक ब्यान्ड ‘कन्दरा’ले आफ्नो यात्राको ३२ औँ वर्षगाँठ पारेर विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सवको रूपमा कार्यक्रम गर्ने भएको हो ।
आगामी ४ जनवरीमा आयोजना हुने कार्यक्रममा गायक स्वप्न सुमनले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । कार्यक्रमको आयोजक मामाघर इन्टरटेनमेन्ट रहेको छ । कार्यक्रममा कोल्याब ब्यान्डको समेत आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आफ्नो कालजयी गीत सङ्गीत र अहिले मातृभूमि नेपालको आन्तरिक पर्यटनको संवाहक बनी पहिला घरदेश अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौँ गीत उक्त कार्यक्रममा प्रस्तुत हुनेछन् ।
कन्दराले आत्मसात् गरेको लोक पप धुनहरू आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन् । आयोजकले कार्यक्रमको टिकट अनलाइन मार्फत उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण