‘कार्साङ’ मा यस्तो लुक्समा देखिदै जीतु
काठमाडौँ । आगामी पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । फिल्मको जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
क्यारेक्टर लुक्समा जीतुले अहिलेसम्मकै भिन्न रूपमा देखिएका छन् । उनले कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जीतुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरा बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने लाग्छ ।
पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने अनुमान लगाउन पनि सकिन्छ । पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माण पक्षले केही प्रष्ट पारेको छैन ।यम शेर्पाको डेब्यू लेखन तथा निर्देशन रहेको शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको हो । फिल्ममा जीतुको अलवा दयाहाङ राई, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस् को प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायाकार र निर्माता हुन् । सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
फिल्मको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो रास्वपाका नेताहरूसँग लिखित जवाफ
-
च्यासलमा एमाले सचिवालय बैठक सुरु
-
उर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरी सांसदहरुलाई वितरण
-
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक सम्पन्न, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय
-
एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्यो
-
बीआरआईमार्फत चीनले अनुदान वा ऋण दुवै लगानी गर्न सक्ने