शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छत्तीसगढको राजधानी रायपुरबाट पक्राउ पर्नेमा फैजान खान नामका वकिल रहेको बताइएको छ । गत हप्ता रायपुरमा सोधपुछ गरेपछि प्रहरीले फैजान खानलाई नोभेम्बर ११ मा बान्द्रा प्रहरी चौकीमा बोलाएको थियो ।
नोभेम्बर ५ मा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरी शाहरुख खानलाई मार्ने धम्की दिँदै ५० लाख भारु मागेको रायपुरका एक प्रहरी अधिकारीले बताएका छन् । यो धम्की आएपछि प्रहरीले फोन गर्ने ती अज्ञात व्यक्ति विरुद्ध भारतीय न्याय संहिताको धारा ३०८ र ३५१ अनुसार मुद्दा दर्ता गरेको थियो । धम्की आएको फोनको सिमकार्ड रायपुरका फैजान खानको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यसको भोलिपल्ट मुम्बईका तीन प्रहरी अधिकारी रायपुर पुगेर फैजान खानसँग सोधपुछ गरेका थिए । शाहरुख खानलाई धम्की आएको भनिएको फोन नोभेम्बर २ मा नै हराएको र यसबारे आफूले रायपुर प्रहरी चौकीमा लिखित उजुरी दिएको यो सोधपुछपछि फैजान खानले मिडियालाई भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण