बजगाईंलाई मन्त्री पाण्डेको जवाफ : करोड खाएको पुष्टि गरे राजनीतिक जीवन समाप्त गर्छु
काठमाडौँ। कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन् । पार्टीकै सांसद राजेन्द्र बजगाईंले घुस लिएर क्यासिनो सञ्चालनका लागि लाइसेन्स दिएको आरोप लगाएपछि पाण्डेले यस्तो बताएका हुन् ।
नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पाण्डेले इमानदार भएर काम गर्न खोजेपनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरे ।
उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरू बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिशाली भएको देखिरहेको छु । मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने,मेरो मनोबल, आत्मबललाई गिराउने गरी काम गरिरहेका छन् ।’
उनले आफूले करोड त कौडी खाएको पुष्टि गरेपनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको बताए । ‘म यो पशुपतिनाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरूले आरोप लगाएका छन् , करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु ।’
यसअघि बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाएका थिए । आरोप लगाउन क्रममा बजगाईंले भनेका थिए, ‘डेरामा बस्ने मन्त्री बन्नासाथ घर किन्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण