टेनिस प्रतियोगिता : वृजेश र शिभाली पहिलो
काठमाडौँ । वृजेश अर्याल र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । यु–१४ सिंगल्सको ब्वाइजमा वृजेश तथा गर्ल्समा शिभाली पहिलो भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज फाइनलमा वृजेशले असभसम्राट हाडालाई ३–६, ६–१ र ६–१ को सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ७–६ र ६–४ को सोझो सेटमा हराइन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा कायान चालिसेले साहन्श बस्न्यातलाई ४–२ र ५–४ ले पाखा लगाउदै पहिलो भए ।
यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्कीले बाजी मारे । उनले फाइनलमा भिरल अग्रवाललाई ६–२ र ६–१ ले पन्छाए । सो स्पर्धाको गर्ल्समा सरा पन्तले नाइरा घलेमाथि ६–१ र ६–२ को जित दर्ता गर्दै शीर्ष स्थानमा रहे ।
यु–१२ सिंगल्सको ब्वाइजमा विश्व डल्लाकोटी तथा गर्ल्समा आयुशा जिसी पहिलो भए । विश्वले सुजन कुइकेललाई ६–१ र ६–३ तथा आयुशाले सरा पन्तलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण