एमाले नेतृत्वको सरकारले मात्रै सुशासन दिन्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा एमाले नेतृत्वको सरकारले मात्रै देशमा सुशासन कायम गर्न सक्ने बताएका छन् ।
मोरङको ग्रामथानमा एमाले मोरङद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले अनुशासनहीन काम गर्नै कसैलाई पनि छुट दिने पक्षमा एमाले नरहेको प्रस्ट्याए ।
‘कानुनविरोधी काम गर्ने कसैलाई पनि छुट छैन, जोसुकै भएपनि हामी कानुनी दायरामा ल्याउँछौँ । चाहे प्रदेश संसदभित्र रहेका मानिस हुन वा संघीय संसदभित्र रहेका मानिस हुन्, चाहे मुलुकका ठुलाठुला कुर्सीमा विराजमान भएका मान्छेहरू हुन् सबैलाई कानुनी दायरामा ल्याइन्छ,’ उनले भने ।
उनले अहिले चोर्न पाइनु पर्छ, लुट्न पाइनु पर्छ, आफूले गरेको ठिक हो भन्ने खालका पोष्टहरु सामाजिक सञ्जालमा आउने गरेको बताउँदै सबै विषयलाई कानुन अनुसार टुंगोमा पुर्याउन सरकार लागि रहेको बताए ।
मुख्यमन्त्री कार्कीले अहिले सामाजिक सञ्जालको दुरुपयोग गरेर, फेक आइडी बनाएर एआई प्रविधिको दुरुपयोग गरेर मुलुकको राष्ट्रियतामाथि र मुलुकका लागि लडेका नेताहरूमाथि प्रहार गर्ने काम केही व्यक्ति तथा संस्थाहरूले गरिरहेको बताए ।
मुख्यमन्त्री कार्कीले मंसिर १६ गते हुने उपचुनावमा सत्ता सहकार्य गर्ने दल नेपाली कांग्रेससँग पनि स्वास्थ्य प्रतिस्पर्धा गर्ने बताउँदै आफ्ना उम्मेदवारहरुलाई जिताउन कार्यकर्ताहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण