पत्रकार सम्मेलन गर्दै कुलमान
बुधबार, २८ कात्तिक २०८१, १० : ५३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । घिसिङले नेपाल विद्युत् प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीसँग बक्यौता रकम उठाउनुपर्ने अडान लिँदै आएका थिए । उनले बक्यौता नबुझाउने उद्योगीको लाइन समेत काटेका थिए ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठुला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।
यसैबिच मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । निर्णयसँगै प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण