मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नुन कसरी बनिरहेछ क्यान्सरको कारण ?

बुधबार, २८ कात्तिक २०८१, १२ : १०
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । नुनका कारण क्यान्सर भएको खबर पढेपछि हरेक दिन सेवन गरिरहने नुन यत्तिको खतरनाक साबित हुन सक्छ भन्ने सोचिरहनु भएको होला । हुन् पनि हो नुन हाम्रो स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण तत्त्व हो । तर, यो चेतावनी ती व्यक्तिका लागि हो जसले अत्यधिक नुन सेवन गरिरहेका छन् । तपाईँमा पनि धेरै नुन खाने लत छ भने सावधानी अपनाउन जरुरी छ ।

के भन्छ विश्व क्यान्सर अनुसन्धान कोष ?
नुनका कारण क्यान्सर  हुन्छ भनेर पहिलो पटक जानकारी विश्व क्यान्सर अनुसन्धान कोष (डब्ल्यूसीआरएफ)ले दिएको थियो । धेरै नुन खाँदा पेटको क्यान्सर हुने सम्भावना ४० प्रतिशतले बढ्ने कोषले बताएको थियो । सन् २०१९ मा द ल्यान्सेटमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा अत्याधिक नुनको सेवनले पेटको क्यान्सर हुने खतरा रहेको उल्लेख गरिएको थियो । अनुसन्धानबाटै यो कुरा बाहिर आएकोले सावधान रहनु आवश्यक त छ ।
 
दिनहुँ ८ दशमलव ६ ग्राम नुन खाइरहेका छन् मानिस
डब्ल्यूसीआरएफका अनुसार मानिसहरूले प्रति दिन ८ दशमलव ६ ग्राम नुन खाइरहेका छन् । यो हिसाबले हेर्दा मानिसहरूले आवश्यकता भन्दा अधिक नुन खाइरहेका छन् । पछिल्लो समय विश्वभर पेटको क्यान्सरका बिरामी बढेका छन् । यही कारणले बढेको हो त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सीमित मात्रामा नुन सेवन गरेर क्यान्सरको बिरामीको सङ्ख्या १४ प्रतिशतसम्म कम गर्न सकिने डब्ल्यूसीआरएफको भनाइ छ ।
 
हरेक दिन कति नुन खानु पर्छ ?
यस्तोमा प्रश्न उठ्छ कि हामीले दैनिक कति मात्रामा नुन खानुपर्छ ? खानामा दैनिक ६ ग्राम नुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यदि तपाईँले आफ्नो दिनभरको खानामा यही मात्रामा नुन खानु भयो भने पेटको क्यान्सरको जोखिम धेरै हदसम्म कम हुन्छ ।
 
खानामा नुन कम सेवन गर्न अपनाउनुहोस् यस्ता बानी:

  • खानामा नुनको कम भन्दा कम प्रयोग गर्ने ।
  • पाकिसकेको तरकारीमा पछि नुन थपेर नखाने ।
  • फास्टफुड आदिमा नुन बढी हुन्छ, त्यसैले यस्ता खानेकुरा कम खाने वा बन्दै गर्ने ।
  • सोडियमयुक्त खानेकुरा कम खाने ।
  • नुनमै भुटिने वा तयार पारिने खानेकुरा कम खाने ।
  • काँचो सागसब्जी (सलाद), फलफूल आदिको बढी सेवन गर्ने ।

अस्वीकरण: यस लेखमा दिइएको जानकारीको उद्देश्य रोग र स्वास्थ्य सम्बन्धी समस्याहरूबारे जागरूकता ल्याउने मात्रै हो । यो चिकित्सा रायको विकल्प होइन । यसलाई प्रयोग गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप