रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।
मङ्गलवार बिहान बसेको केन्द्रीय समितिको बैठकले उपनिर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने अधिकार केन्द्रीय समिति र सचिवालयमा छलफल भएर कार्यवाहक महामन्त्रीलाई दिने निर्णय भएको हो’, रातोपाटीसँग उनले भने ।
सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । लामिछानेको अनुपस्थितिमा उम्मेदवारलाई दिने टिकटमा बुर्लाकोटीको हस्ताक्षर चलाउन पार्टीले स्वीकृति दिएको हो ।
सोही निर्णय बमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार समेत गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण