वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
बुधबार, २८ कात्तिक २०८१, १३ : ०१
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक उत्तरदायित्व सम्बन्धी परियोजना पूरा गर्दै दोलखामा गौरी शंकर बालगृहको मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ। यस अवसरमा वर्ल्डलिंककी लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रम कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए।
वर्ल्डलिंकले भवनको मर्मत कार्यमा २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङरोगन, लगायत तीनवटा शौचालय तथा तीनवटा स्नान गृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डस्ना-कम्बल, र स्टेशनरी प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण