धनराज गुरुङसँग प्रहरीले लियो ‘बयान’

काठमाडौं । नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधवार मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म सोधपुछ गरेका हुन् । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।
ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।
प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्– ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो ।’
धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् । उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी समूहको नयाँ रणनीति : राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने
-
पोखराको कोटी होममा किन पुगे राजेश हमाल ?
-
ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
-
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
-
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने