मितेरी सहकारी सञ्चालक ज्योति गुरुङविरुद्ध सीआईबीमा उजुरी
सोमबार, २४ भदौ २०८१, १५ : २९

काठमाडौँ । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी सञ्चालक ज्योति गुरुङविरुद्ध उजुरी परेको छ । सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी )मा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा उजुरी दिएका हुन् ।
कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङको पूर्वपत्नी हुन् ज्योति । ज्योतिले ७ करोडभन्दा बढी रकम अपचलन गरेको जाहेरीमा उल्लेख छ ।
सीआईबीका एसपी होबिन्द्र बोगटीले जाहेरी आएको रातोपाटीलाई बताए । उनले भने, ‘जाहेरी प्राप्त भएपनि अनुसन्धान शुरु गर्न सहकारी विभाग वा प्रदेशको सहकारी हेर्ने निकायबाट अनुसन्धानका गर्नुपर्ने भनेर पत्र आउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह