मितेरी सहकारी सञ्चालक ज्योति गुरुङविरुद्ध सीआईबीमा उजुरी
सोमबार, २४ भदौ २०८१, १५ : २९
काठमाडौँ । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी सञ्चालक ज्योति गुरुङविरुद्ध उजुरी परेको छ । सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी )मा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा उजुरी दिएका हुन् ।
कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङको पूर्वपत्नी हुन् ज्योति । ज्योतिले ७ करोडभन्दा बढी रकम अपचलन गरेको जाहेरीमा उल्लेख छ ।
सीआईबीका एसपी होबिन्द्र बोगटीले जाहेरी आएको रातोपाटीलाई बताए । उनले भने, ‘जाहेरी प्राप्त भएपनि अनुसन्धान शुरु गर्न सहकारी विभाग वा प्रदेशको सहकारी हेर्ने निकायबाट अनुसन्धानका गर्नुपर्ने भनेर पत्र आउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण