पदक विजेता नेपाली बडिबिल्डरको स्वागत
काठमाडौँ । १५ औं वर्ल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पदक विजेता नेपालका चार खेलाडीलाई बुधबार भव्य स्वागत गरिएको छ ।
माल्दिभ्समा भएको च्याम्पियनसिपमा नेपालका चार बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र समन मुलगुठीले नेपाललाई रजत पदक दिलाएका थिए । यस च्याम्पियनसिपमा नेपालका ६ बडिबिल्डरले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये चार जना पदक जित्न सफल भए । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्यो ।
महासंघका सचिव दिनेश राजभण्डारीलगायत पदाधिकारी, खेलाडी र पदक विजेताका परिवारले उनीहरूलाई बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।
बडिबिल्डिङ एशोसिएशन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रवार भएको च्याम्पियनसिपमा नेपालले चार पदक जितेको हो । प्रज्वलमानले मास्टर्स ४०–४९ उमेरसमूहका ८० केजीमुनि तौलसमूहमा रजत जितेका हुन् । यसमा १० जना प्रतिद्वन्द्वी थिए । रुजेशले ६० केजी र रजनीले ५५ केजीमाथि नेपाललाई रजत दिलाएका थिए । सनमले भने स्विम सुट एभेन्टमा रजत पदक जितेकी हुन् ।
त्रिुभवन विमानस्थलमा पदक विजेता रजनीले घरपरिवारलाई मनाएर आउनुपर्ने भएकाले पुरुषको तुलनामा महिलालाई बडिबिल्डङमा प्रतिस्पर्धा गर्न सहज नहुने बताइन् । ५÷६ महिनाको तयारीलाई ४ देखि ६ मिनेटभित्र आफ्नो पोज देखाउन सहज नरहेको उल्लेख गरिन् ।
अर्की पदक विजेता सनम मूलगुठीले आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु नै गर्वको क्षण रहेको बताइन् । विदेशी भूमिमा झण्डा फरफराउँदा आफू धेरै खुसी रहेको उनको भनाइ थियो ।
स्वागत कार्यक्रममा महासंघका सचिव दिनेश राजभण्डारीले खेलाडीको तयारी र सहभागिताका बारेमा जानकारी दिएका थिए । प्रतियोगितामा नेपालका ६ बडिबिल्डरले प्रतिस्पर्धा गरिरहेका गरेका थिए । ललित धिमाल, रजित आचार्यले प्रतिस्पर्धा गरे पनि पदकविहीन भए । कुल ४१ राष्ट्रका ३०० जना खेलाडीले च्याम्पियनसिपको ५२ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण