त्रिवि सेवा आयोगले भन्यो– कात्तिक ३० गतेको उपप्राध्यापक पदको लिखित परीक्षा यथावत्
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ । २०७७ सालमा खोलिएको उपप्राध्यापक पदको विज्ञापन अहिलेसम्म परीक्षा हुन सकेको थिएन ।
आयोगले कात्तिक ३० गतेका लागि तोकिएको परीक्षा रोक्ने चेतावनी आंशिक प्राध्यापकहरूले दिएका छन् । उनीहरूको चेतावनीका बिच आयोगले तोकिएकै मितिमा परीक्षा हुने प्रस्ट पारेको हो ।
२०७७ सालमा ५८१ सिटका लागि विज्ञापन आह्वान गरेको थियो । उक्त विज्ञापनका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । मुद्दाको फैसला भएपछि आयोगले लिखित परीक्षाको मिति तय गरेको थियो ।
तर, अहिले आएर त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरूले उक्त परीक्षा रोक्ने चेतावनी दिएका छन् । आफूहरूलाई मासिक तलबको सुनिश्चितता गर्दै करार गर्ने प्रक्रिया अगाडि नबढाए उक्त परीक्षा हुन नदिने उनीहरुले चेतावनी दिएका हुन् ।
उनीहरूसँग गत साउन १५ गते गरिएको सम्झौता अनुसार त्रिविले स्थलगत अनुगमन समिति गठन गरेको छ । उक्त समितिको स्थलगत अनुगमनपछि पेस गर्ने प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्तिको कार्यविधि तयार पार्ने योजना त्रिविको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
-
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित
-
प्रदेशका तीन सडक समस्याग्रत घोषित
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न