रुपन्देहीमा रवि लामिछानेको बयान सुरु
बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरु भएको छ।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई हिजो र अस्ति बयान लिइँदा केही प्रश्नहरु अझै बाँकी रहेका थिए। हिजो अधुरो रहेका विषयहरू सम्भवतः आजै सकिने जिल्ला सरकार वकिलको कार्यलय रुपन्देही न्याधिवक्ता प्रेमराज पौडेलले बताए ।
दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।
मङ्गलवार सुरु गरिएको लामिछानेको बयानलाई तेस्रो दिन पनि निरन्तरता दिएका हुन् । आज बयान सकिएमा कास्की पठाउने योजनामा प्रहरी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण