थानेश्वर आचार्यलाई हटाउने राष्ट्र बैंक बोर्डको निर्णय बदर
काठमाडौँ । महिला दुर्व्यवहारको मुद्दामा राष्ट्र बैंकबाट बर्खास्तीमा परेका थानेश्वर आचार्यले सफाइ पाएका छन् । प्रशासकीय अदालतले उनलाई हटाउने राष्ट्र बैंक सञ्चालक समितिको निर्णय बदर गरिदिएको हो ।
प्रशासकीय अदालतका अध्यक्ष डिल्लीराज घिमिरे र सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको पूर्णइजलासले मंगलबार फैसला गर्दै राष्ट्र बैंक सञ्चालक समितिको उक्त निर्णय बदर गरिदिएको हो ।
उनलाई गत चैत ५ गते सेवाबाट हटाइएको थियो । अदालतको फैसलासँगै निष्कासित आचार्य पुनर्बहाली हुने भएका छन् । पुनर्बहाली भएपछि आचार्य भन्छन्, ‘प्रशासकीय अदालतबाट मैले क्लियरेन्स पाएको छु । (पीडित महिलाको नाम) मेरी दिदी हुन्, उहाँप्रति मेरो सम्मान छ ।’
पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा आचार्यमाथि बैंकका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
उनले दुर्व्यवहार गरेको आरोपपछि गठन भएको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा आचार्यलाई स्पष्टीकरण सोधेको र त्यसको जवाफ चित्त बुझ्दो नभएपछि बर्खास्त गरिएको उल्लेख गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण