डाक्टरलाई मनोरञ्जन दिलाउन खेलकुद प्रतियोगिता हुने
काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आयोजनामा प्रथम नेपाल चिकित्सक सङ्घ (एनएमए) खेलकुद प्रतियोगिता हुने भएको छ । एनएमएका महासचिव डा सञ्जीव तिवारीले आज एक विज्ञप्ति जारी गरी चितवनको भरतपुरस्थित कासी खेल तथा मनोरञ्जन केन्द्रमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिए ।
यही कात्तिक ३० र मङ्सिर १ गते हुने उक्त प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस तथा पौडीलगायतका खेल हुनेछन् ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन तथा मनोरञ्जनका लागि प्रोत्साहित गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यकौशलतामा सहयोग पुग्ने सङ्घले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सङ्घले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण