झाँक्री प्रकाश भुजेलको लाइसेन्स फेला, क्षतिपूर्तिबारे छलफल गरिँदै
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्री भनेर चिनिएका प्रकाश भुजेलले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएको थियो । कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटीको मृत्यु भएको हो ।
दुर्घटनापछि झाँक्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । झाँक्रीको साथमा सवारी चालक अनुमतिपत्र फेला नपरेपछि प्रहरीले यातायात व्यवस्था विभागबाट उनको सवारी चालक अनुमति पत्रको प्रतिलिपी झिकाएको छ । झाँक्रीको लाइसेन्स यातायातबाट मगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
झाँक्रीले चलाएको बा१९च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट नारायणकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीका दुईजना बच्चा छन् । घाइतेको उपचार र क्षतिपूर्तिबारे पीडित पक्ष र झाँक्रीको तर्फबाट छलफल भइरहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी वृत्त बौद्धका एकजना अधिकृत भन्छन्, ‘क्षतिपूर्तिबारे छलफल हुँदै छ ।’
झाँक्रीलाई अदालतबाट सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण